काठमाडौँ – नेपालमा बुधबार थप ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २० हजार ७५६ पिसिआर परिक्षणका क्रममा ८ हजार ६ सय ५ र ६१६ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार नौ सय ९३ संक्रमित कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८९ हजार ७८३ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए ।

हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित आइशालेशनमा छन भने ३८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म २५ लाख ५८ हजार ५१ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।