काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् । देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएपछि यसबारे छलफल गरी आवश्यक रणनीति तयार गर्न देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।


ADVERTISEMENT

# # #


काँग्रेसले यसअघि नै केन्द्रिय समितिको बैठकबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा बैसाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए ।