काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुसँग आवश्यक संख्या नभएकाले नयाँ सरकार बनाउनका लागि ढिलो भएका बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बूढानीलकण्ठस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार बनाउनका लागि आवश्यक संख्या नपुगेकाले ढिलाई भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर तत्काल नया सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री ओलीतिर लागेकाले अप्ठ्यारो परिरहेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले हाम्रो नेतृत्वमा वैकल्पिक सरकार बनाउने भनेकै छ । तर, हामीसँग संख्या पुग्दैन । यो सत्य कुरा हो । संख्या नपुगेर प्रधानमन्त्री हुन चाहँदैमा हुने होइन ।’

अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि पनि संख्या पुगेन भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने हो ? पास भएन भने त्यसको के माने भयो ? झन् फेल भयो भने २ वर्षसम्म फेरि दर्ता गर्न मिल्दैन ।’