काठमाडौँ– कोरोनाको दोस्रो लहरका कारण हाल स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बिरामी संख्या बढेको भन्दै मन्त्रालयले आफ्नो स्वासथ्यप्रति संवेदशिल हुन आग्रह गरेको छ ।


ADVERTISEMENT


आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशका विभिन्न स्थान र विशेषगरी २२ जिल्लाहरुमा डर लाग्दो गरी संक्रमणको दर फैलिदैँ गएको र सो अवस्थालाई स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गराउन अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भईसकेको जनाउँदै आफ्नो स्वास्थ्यप्रति संवेदनशिल हुन सम्पुर्णमा आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


संक्रमण रोकथाममा जनस्वास्थ्य मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दूरी कायम राखौँ र बेलाबेलामा साबुनपानीले हात धोऔंँ) नै उत्तम उपाय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार, कोरोनाका कारण अतिप्रभावित जिल्लाहरुमध्ये मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली तथा कञ्चनपुर रहेका छन् ।

यसका साथै मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने आउने वा आन्तरिक/बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न तथा नगराउनसमेत आह्वान गरेको छ ।