चितवन– नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८ सय ७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ ।


ADVERTISEMENT


कार्यसमितिले नयाँ र पुराना गरी २७ हजार ८ सय ३३ क्रियाशील सदस्य सिफारिश गरिएको कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले जनाएको हो ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार, वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।

उनका अनुसार, यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांंग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार, झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो । रासस