काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी अन्तरिम विधान संशोधन प्रस्तावलाई पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिऐ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय महाधिवेशन अगावै त्यसलाई लागु गरिने प्रवक्ता श्रेष्ठले जानकारी बताए । त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत उत्पीडित दलितको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको र दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने उहाले बताउनुभयो । त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने उनले बताए । त्यस्तै पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको र केन्द्रीय कमिटी २९९ जनाको हुने प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णय कुरिरहेको बताए ।

बैठकमा बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले देशको राजनीति र विकसित घटनाक्रमका बारेमा जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।