काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाईज्ञापन गरेका छन् ।
प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।
नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !
— K P Sharma Oli (@kpsharmaoli) April 25, 2021
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो ।
‘नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई’, ट्वीटमा भनिएको छ । रासस