काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भौतिक तथा अभौतिक रुपमा सदस्यहरुको सहभागीतामा साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सीए महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाले, संघियताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशिकरण सुनिश्चितता सहित सर्वसम्मत्त रुपमा विधान संशोधन पारित समेत गरेको छ ।


ADVERTISEMENT

# # #


साधारणसभामा बोल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिवद्धता जनाए ।

यस्तै सीए पेशाबाटबाट नेपाल राष्ट्र बैँकको पहिलो गर्भनर बनेका अधिकारी र ५० वर्र्षभन्दा बढि चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पुर्‍याएबापत सिए टि.आर. उपाध्यायलाई सम्मान गरीएको थियो ।

साथै कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनिय रहने बताए । साथै उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए ।

उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक माननिय टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखे । आनन्द शर्माले अध्यक्षता गर्नुभएको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत, र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गर्नुभएको थियो भने रमेश धितालले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।