काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले भेला गरेको छ ।


ADVERTISEMENT


महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको पहिलो भेलाले गर्दै नयाँ नेतृत्व चयन गरेको हो । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेलाले महासंघको संयोजकमा रमेश पौडेललाई चयन गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै  वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा प्रभातजंग कटुवाल, एकेन्द्र कुँवर, गोविन्द भट्टराई, ध्रुव आचार्य लगायत १२ जना चुनिएका छन् । यस्तै महासचिवमा मेघराज पौडेल चुनिएका छन् । यस्तै सचिवमा वासु नेपाल, सन्तोष वान्तावा लगायतका ७ जना सचिव बनेका छन् ।

भेलाले महासंघको केन्द्रीय कमिटी सदस्य ५५१ जनाको बनाएको छ ।  कमिटी पत्रकार सम्मेलन गरी घोषणा गरिने वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

उनले अनुसार सातै प्रदेश र सबै पालिकाहरुमा कमिटी बनाइने र नेकपा एमालेको पक्षमा जनलहर ल्याउनका लागि संगठन विस्तार र सुदृढीकरण अभियान थालिने बताए ।