काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


उनले नेदरल्याण्डविरुद्ध ४१ बलकमा अर्धशतक बनाएका हुन् । शनिबार डेब्यू खेलमै अर्धशतक बनाएका कुशलले सोमबार मलेसियाविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए ।


ADVERTISEMENT

# # #


अर्धशतक पूरा गरेसँगै भुर्तेल आउट भएका छन् । उनले आउट हुनुअघि ४६ बलमा ६२ रन हाने । त्यसक्रममा उनले १ छक्का र ८ चौका प्रहार गरे ।

नेपालले तेस्रो विकेट गुमाएको छ ।  ताजा अवस्थामा नेपालले १५ ओभरकाृ समाप्तीमा १४२ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी ४८ रन र कुशल मल्ल ० रनमा खेलिरहेका छन् ।