काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाबाट ११० रनको सामान्य चुनौति पाएको छ ।


ADVERTISEMENT


सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया नेपाली बलरसामू निरीह साबित भयो । मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


मलेसियाका लागि शेयद अजिजले सर्वाधिक २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीको बलमा चौथो विकेटका रुपमा आशिफ शेखबाट क्याट आउट हुनुअघि उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै सरभिन मुनियान्डीले १५ त्रलमा १ छक्कासहित २० रन तथा सफकि सरफले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गरे । ३ ओभरमा १७ रन खर्चिँदै उनले ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, साहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट हात पारे ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ ।