काठमाडौँ – सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


आइतबार बसेको संचालक समितिको बैठकले १८ गतेदेखि लागू हुनेगरी गुरुङको राजीनामा स्वीकृत गरेको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।


ADVERTISEMENT

# # #


सिभिल बैंकमा वि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले वि.सं. २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा वि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए । बैंकले चेन्ज म्यानेजमेन्ट मार्पmत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो ।

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७ अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ । उनको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग तथा बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतको हैसियतले बैंकमा पु¥याएको योगदानको उच्च कदर गरेका छन् ।

उनले बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।