बुटवल । सिताराम दाहाल नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय अध्यक्षमा पुन निर्बिरोध भएका छन् । एसोसिएसनको आठौँ राष्ट्रिय महाधिवेशनबाट दाहालको काँधमा दोश्रो कार्यकालको जिम्मेवारी समेत सर्बसम्बत बनेको हो । यस्तै महासचिबमा कृष्ण प्रसाद दाहाल (नवराज) समेत सर्वसम्मत चयन भएका छन् ।


ADVERTISEMENT


देशभरका लेखापढी व्यवशायीहरुको छाता सँगठनका रुपमा रहेको एसोसिएसनको अन्य पदहरुका लागि भने मतदानबाट नेतृत्व चयन भईरहेको छ ।


ADVERTISEMENT

# # #


एसोसिएसनको आठौँ राष्ट्रिय महाधिवेशन बुटवलमा भईरहेको छ ।

यसअघि समेत अध्यक्ष रहेका दाहाल नेतृत्वको सर्बत्र प्रशँसा भएको थियो । लेखापढी पेशा र व्यवशायीहरुको हक हित, मालपोत नापीसँगको समन्वय र सरकारसँगको सुमधुर सम्बन्ध राख्दै जनताहरुलाई सेवा प्रबाह गर्न दाहाल नेतृत्व सफल बनेको भन्दै दाहालर्कै काँधमा आगामी नेतृत्वको जिम्मेवारी समेत देशभरका लेखापढी ब्यवशायी सदस्यहरुले सुम्पेका छन् ।