काठमाडौँ – नेपाल माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री थापा पार्टी छाडेर नेकपा एमालेतर्फ लागेको सूचना संसद सचिवालयलाई जानकारी गराएको हो ।


ADVERTISEMENT


यससँगै गृहमन्त्री थापाको सांसद पद खारेज हुने भएको छ । गृहमन्त्री थापा माओवादी केन्द्रको तर्फबाछ राष्ट्रिय सभाका सदस्य बनेका थिए । माओवादी केन्द्रको उक्त सूचनासँगै अब बस्ने राष्ट्रियसभाको बैठकले थापालाई सांसद पदबाट पदमुक्त गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै व्यक्तिले आफू निर्वाचित भएको दल त्याग गरेको उसको सांसद पद पनि खारेज हुने व्यवस्था रहेको छ ।

सांसद पदबाट मुक्त भएसँगै मन्त्री पदबाट पनि स्वतः हट्ने व्यवस्था छ । यद्दपी संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

माओवादी केन्द्रले यसअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जामन्त्री तथा जनस्रोतमन्त्री टोप बहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीकारबाही गरेको थियो । सांसद पदबाट मुक्त भएका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ को उपधारा १ बमोजिम आजै शपथ गराउँदैछिन् ।