काठमाडौँ – विकास बैँकर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । एशोसिएसनको मंगलबार भरतपुर चितवनमा सम्पन्न १५ औँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।


ADVERTISEMENT


बैँकिङ क्षेत्रमा २९ वर्षभन्दा लामो अनुभव संगालेका पोखरेल मुक्तिनाथ विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । विकास बैँकर्स एशोसिएसनको अध्यक्षमा यसअघि गरिमा विकास बैँकका सीईओ गोविन्द ढकाल थिए । ढकालको कार्यकाल पूरा भएसँगै एशोसिएसनमा नयाँ अध्यक्ष आएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै साधारण सभाले एशोसिएसनका अन्य पदाधिकारी पनि चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा बोधराज देवकोटा, कोषाध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् ।

यस्तै नरेश सिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेश कुमार आचार्य सदस्य बनेका छन् ।

साधारण सभाले आ.व. २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७७/७८ को अनुमानित आयव्यय र लेखा परीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।