काठमाडौँ – सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सहयोग गरेको छ ।


ADVERTISEMENT


मंगलबार एक कार्यक्रमकाबीच बैँकले सामुदायिक विद्यालय सहयोगका लागि फाउन्डेसनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सिभिल बैँकले ११४ शाखाहरु, ८ एक्सटेन्सन काउन्टर मार्फत ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै बैँकको हालसम्म ८९ एटीएम रहेका छन् । बैंकले हालसम्म करीब रु. ८२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु.७८ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ।