काठमाडौँ – कर्णाली प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तीन मन्त्रीले समेत राजीनामा दिएका छन् ।


ADVERTISEMENT


मंगलबार आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । सोही अनुसार मन्त्रीको राजीनामा आएको हो ।


ADVERTISEMENT

# # #


यसअघि एमालेमा ओली समूहले सरकालाई दिएको समर्थन फिर्ता दिए पनि माधव समूहले भने समर्थन कायमै राखेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा वि.सं २०७४ मा एमालेका २० जना सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको थियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।