काठमाडौँ – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यसनियनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवारी दिएका ११ जनालाई कारवाही गरेको छ । युनियनका तर्फबाट उठाइएका आधिकारिक उम्मेदवगारकाविरुद्ध उम्मेदवारी दिएको भन्दै युनियनले ११ जना आफ्ना क्रियाशील सदस्यलाई कारवाही गरेको हो ।


ADVERTISEMENT


उम्मेदवारी फिर्ता लिन विभिन्न चरणमा विभिन्न तहबाट गरिएको आग्रहको पालना नगरेको भन्दै उनीहरुलाई युनियनको विधानको धारा २० को (ड) को व्यवस्था अनुरुप कारवाही गरिएको वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपक आचार्यले जनाएका छन् । उनका अनुसार सोमबार बसेको अनुशासन समितिको आकस्मिक बैठकले उनीहरुलाई कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यता समेतबाट निष्काशन गरेको हो ।


ADVERTISEMENT

# # #


कारवाहीमा पर्नेमा अवधेश झा, सुवोध गौतम, यमप्रसाद शर्मा (यम विरही) लगायतका ११ जना रहेका छन् । प्रदेश तथा शाखामा समेत बागी उम्मेदवारी दिनेलाई सोही अनुसार कारबाही गरिने वरिष्ठ उपाध्यक्ष आचार्यले जनाएका छन् ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन भोलि (बुधबार) हुँदैछ । युनियन विपुल पोखरेल नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारहरूको संयुक्त प्यानलका साथ निर्वाचनमा होमिएको छ ।

यी हुन् कारवाहीमा पर्ने ११ जना:

१. अवधेश झा
२. सुवोध गौतम
३. यमप्रसाद शर्मा (यम विरही)
४. माधव दुलाल
५. लक्ष्मण कार्की
६. देवबहादुर कुँवर
७. रविन थपलिया
८. भूपेन्द्र आचार्य
९. बिरेन्द्र केएम
१०. राकेशकुमार मिश्र
११.नन्द्र बाहादुर ऐरी