काठमाडौँ– सरकारकाले पाँचौ स्वास्थ्य बीमाको अवसरमा ६ जिल्लामा बिमा सदस्यता दर्ता कार्यक्रम शुरु गर्ने भएको छ ।


ADVERTISEMENT


नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उद्देश्य अनुरुपमा सञ्चालनमा आएको बीमा सदस्यता दर्ता कार्यक्रम अब सरकारले अन्य ६ जिल्लामा पनि विस्तार गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य बीमा बोर्डले मंगलबार पत्रकार सम्मेलन गर्दै  देशको सबै जिल्लामा सो कार्यक्रम सुचारु गर्ने बोर्डको लक्ष्य रहेकोमा वि.सं २०७२ चैत २५ गतेदेखि कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ६९ जिल्लामा सुरु भइसकेको जनाएको हो ।

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जनसंख्या तथा स्वास्थ्यमन्त्री हृदयेशको प्रमुख आतिथ्यतामा बुधवार ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागिः स्वास्थ्य बीमा’ भन्ने मुल नाराका साथ काठमाडौँ र ललितपुर जिल्ला बाहेकका अन्य ६ जिल्लामा स्वास्थ्य बिमा सदस्यता दर्ता शुभारम्भ गरिने बताए ।

उनका अनुसार, सोहि अवसरमा सुचना प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट एकैसाथ हुने तथा बिमितहरुलाई नागरिक एपमा स्वास्थ्य बीमाको आबद्वता र मोबाइल सेवा एसएमएस कार्यक्रमको घोषणा समेत गरिनेछ ।