काठमाडौँ– प्रदेश २ का प्रमुख राजेश झा अहिराजले ३२ औं पटक रक्तदान गरेका छन् ।


ADVERTISEMENT


नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगेर उनले सोमबार ३२ औं पटकको रक्तदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


 

रक्तदानको सो अवसरमा बोल्दै उनले रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । यस्तै उनले आफू नियमित रक्तदाता भएकोमा गौरान्वित भएको भाव समेत व्यक्त गरेका छन् ।

यस्तै, उनले प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव समेत दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

यसैगरि, प्रदेश २ प्रमुख झाले नियमित रक्तदान गरेकोमा धन्यवाद पत्र गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवाः नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि बढाइएको उल्लेख गरे ।