काठमाडौँ – बेलायत तथा अन्य देशका सेनामा भर्ति भएका पुर्खाहरूको सम्झना मनाइने ‘पुर्खा दिवस’को अवसरमा कविता वाचन कार्यक्रम भएको छ ।


ADVERTISEMENT


‘गोर्खा सेमेट्रिज ट्रष्ट नेपाल’ले प्रथम र द्वितीय विश्वयुद्धमा सहिद भएका पुर्खाको सम्झनामा सभा गरेको हो ।


ADVERTISEMENT

# # #


कविता वाचनतर्फ कविहरू स्वप्निल स्मृति, राबत, लक्ष्मी रूम्बा, मातृका पोखरेल, चन्द्र रानाहँछा, बच्चु हिमांशु, मदन राई, निर्भीकजंग रायमाझी, बलराम तिमल्सिना, विमला तुम्खेवा, सोझो गाउँले, नवीन प्यासी, रामगोपाल आशुतोष र महेन्द्र थुलुङ राईले कविता सुनाए ।

अधिकांश कविता पुर्खाको सम्झना र गोर्खा सैनिक केन्द्रीत थियो । चर्चित कवि श्रवण मुकारूङले संयोजन गरेको कविता वाचनपछि सिनेकर्मी नवीन सुब्बाले गोर्खा सैनिकमाथिको भाष्य परिवर्त हुनुपर्ने टिप्पणी गरे ।

सुब्बाले नेपाली साहित्यले समेत गोर्खा सैनिक र समाजलाई हेयको दृष्टीले हेरेको भन्दै फरक दृष्टीले गोर्खा जीवनलाई हेरिनुपर्ने बताए ।

कार्यक्रममा दोस्रो विश्वयुद्धमा योगदान पुर्याएका जीवित गोर्खा लाहुरेको परिवारलाई सम्मानसमेत गरियो । मृतक गोर्खा सैनिकको सम्झनामा मौनधारण गरियो ।