मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् ।


ADVERTISEMENT


मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनले ठूलो योगदान पुर्‍याएको स्मरण गर्दै उनको चर्चा गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरेका छन् । सो अवसरमा उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको भाव व्यक्त गरेका थिए ।

छुवाछूतलगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै उनले नाट्यघरको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागाँई ‘बर्बरिक’ ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिएका छन् । सो नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गरेको हो । रासस