नुवाकोट– नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ ।


ADVERTISEMENT


बेत्रावती–कालिकास्थान–स्याउवारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर– सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो ।


ADVERTISEMENT

# # #


सडक निर्माणका लागि रसुवा जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद मोहन आचार्यले २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो ।

उक्त सडक निर्माणकालागी ६० करोड रुपैयाँ बजेट विनियोजन भैसकेको प्रदेश सभासद प्रेम तामाङले जानकारी दिए ।

यसैगरी बोगटिटार हुदै नौकुण्ड जाने सडक मा केहि समय अघि मात्रै ४ वटा पक्की पुल निर्माणका लागि समेत टेन्डर भैसकेको छ।