च्याम्पियन्स लिगअन्तर्गत समूह एफमा म्यानचेस्टर सिटीले सिरिए क्लब नेपोलीमाथि २–१ को कठिन जित निकालेको छ । आफ्नै घरेलु मैदानमा सिटीका लागि रहिम स्ट्रलिङ र ग्राबियल जिससले एक–एक गोल गरेका थिए । खेलको नवौँ मिनेटमै सिटीले नेपोलीमाथि १–० को अग्रता लियो । स्ट्रलिङले डिफेन्डर कायर वकरको गल्तीमा अग्रता गोल गरेका हुन् । खेलको १५औैँ मिनेटमा सिटी २–० ले अगाडि बढ्यो । यसपटक जिससले सिटीलाई अग्रता दिलाए । उनले केमिन ब्रुयनको पासमा गोल गरे । यता नेपोलीले पहिलो हाफमै बराबरी गोल फर्काउने अवसर पाएको थियो । तर, सिटीका गोलरक्षक एन्डरसनले ड्यास मार्टेन्सको पेनाल्टी प्रहारलाई असफल पारे ।


ADVERTISEMENT