काठमाडौँ– नेपाल सरकार र जोर्डन सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । श्रम सम्झौतासंगै नेपालका श्रमिकहरु रोजगारका लागि जार्डन जान पाउने भएका छन् ।


ADVERTISEMENT


आज जोर्डनको  श्रम मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा जोर्डन सरकारका तर्फबाट श्रम मन्त्री डा. अली अल रोजाकी र नेपाल सरकारका तर्फबाट श्रम तथा रोजगार मन्त्री फरमूल्लाह मन्सुरले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


हस्ताक्षर समारोहमा श्रममन्त्री मन्सुरलाई  स्वागत गर्दै जोर्डनका श्रम मन्त्री रोजाकीले दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले यस सम्झौताले नेपाल र जोर्डनबीचको दुई पक्षीय सम्बन्धमा सुधार हुने धारणा ब्यक्त गरे ।

श्रम तथा रोजगार मन्त्री फरमूल्लाह मन्सुरले सम्झौता सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै जोर्डनमा नेपाली कामदारको सेवा सुविधा र हक हितको प्रत्याभूती गरेको बताए ।  समारोहमा दुबै पक्षले उक्त सम्झौताको अक्षरशं पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त समारोहमा जोर्डन तथा नेपाल सरकारका बचिमा उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।