काठमाडौँ – ललितपुरस्थित गुडविल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् ।


ADVERTISEMENT


सर्वसाधरणबाट करिब रू. ८० करोड ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


गत चैत ५ मा उक्त संस्थाले बढी ब्याज दिने आश्वासन दिई आफूहरुलाई ठगेको भन्दै उनीविरुद्ध परिसरमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीपछि फरार रहेका श्रेष्ठलाई प्रहरीले आइतवार लुकिछिपि बसेको अवस्थामा चितवनबाट पक्राउ गरेको हो ।