काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्माओलीले २०७४ को निर्वाचनमा हराउन भूमिका खेलेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा बोल्दै नेता नेपालले वामदेवलाई बर्दिया क्षेत्र नं. १ मा हराउन ओलीका मान्छे नै लागेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ओलीले आफूलाई पनि काठमाडौँ क्षेत्र नं. २ मा हराउन खाजेको उनले दाबी गरे ।

ओली बदलाको भावनाले चल्ने व्यक्ति रहेको बताउँदै नेता नेपालले भने, ‘केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो । केपी ओली बदलाको भावनाले चल्ने पूर्वाग्रही व्यक्ति हुन् । हामी त्यस्तो पार्टी बनाउँदैनौँ ।’