काठमाडौँ – नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले नेपाल प्रेस युनियनको आग्रहमा उम्मेदवारी फिर्ता लिएका छन् ।


ADVERTISEMENT


यही चैत्र २५ गते हुने निर्वाचनका लागि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दाहालले नेपाल प्रेस युनियनको आग्रहमा उम्मेदवारी फिर्ता लिएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी नेपाल प्रेस युनियन निकट विपुल पोखरेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।


ADVERTISEMENT

# # #


दाहाल महासंघका वर्तमान सचिव हुन् । उम्मेदवारी फिर्ता लिएपछि दाहाललाई नेपाल प्रेस युनियनले धन्यवाद व्यक्त गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले दाहालले खेलेको सक्रिय भूमिकालाई संस्थागत स्मरणमा राखी भविष्यमा संगठनले उच्च मूल्यांकन गर्ने बताएका छन् ।