काठमाडौँ – डीभी वेबसाइटमा आएको प्राबिधिक त्रुटीका कारण सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि नयाँ फारम भर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


नयाँ डीभी फारम भर्ने समय कार्तिक १ गते राति ९ः४५ बाट मङ्सिर ६गते बुधवार राति १०ः४५ सम्म कायम गरिएको अमेरिकी दूताबासले बताएको छ ।


ADVERTISEMENT

# # #


यदि तपाईंले यो बर्षको डीभी कार्यक्रमका लागि अक्टोबर १८ अगाबै आवेदन भरिसक्नु भएकोछ भने पनि त्यो आवेदन फेरि भर्नुपर्ने दूताबसले जनाएको छ। यो मितिभन्दा पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर पनि अब काम लाग्ने छैन।

यो कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता नदिइने दूताबासले स्पष्ट पारेको छ। यस कार्यक्रममा सहभागी हुनका निम्ति कार्तिक १ राति ९ः४५ बाट मङ्सिर ६ गते बुधवार राति१०ः४५ सम्म फेरि आवेदन दिनुपर्नेछ।

तर यस नयाँ आवेदन अबधिमा एकपल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईं अयोग्य ठहरिनुहुने दूताबासले स्पष्ट पारेको छ।