काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप जित्ने नेपाली फुटबल खेलाडीलाई जनही १ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । ३७ वर्षपछि घरेलू मैदानमा नेपाललाई उपाधि दिएको भन्दै एन्फाले उक्त सम्मान गर्न लागेको प्रवक्ता किरण राईले जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार घरेलू मैदान दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्रीनेसन्स कपको उपाधि जितेको थियो । प्रवक्ता राईका अनुसार प्रतियोगिताको पुरस्कार राशी वापत प्राप्त ५० हजार अमेरिकी डलर (करिब ५ लाख ८८ हजार रुपैयाँ) पनि खेलाडीलाई नै वितरण गरिनेछ ।


ADVERTISEMENT

# # #


एन्फाको आयोजनामा चैत्र १० देखि १६ गतेसम्म प्रतियोगितामा किर्गिस्तानको ओलम्पिक टिम (यू२३) पनि सहभागी भएको थियो । प्रतियोगिताका लागि नेपाली टिममा २३ जना खेलाडी रहेका थिए ।

प्रतियोगितामा सहभागिता जनाउने नेपाली खेलाडी:

गोलकिपर
किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दीप कार्की ।
डिफेन्डर
रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दीपेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ ।
मिडफिल्डर
त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रविशंकर पासवान ।
फरवार्ड
अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास ।