काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले केही व्यक्तिहरुले आफ्नो निजी स्वार्थका लागि देशको राजनीतिलाई धमिल्याउन खोजेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टस् नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका पछाडि सिंगो देश सती जान नसक्ने बताए । ‘केही मान्छेहरुले आफ्नो निजी स्वार्थका लागि देशको राजनीतिलाई धमिल्याउन खोजेका छन् ।’ उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने हो ?’


ADVERTISEMENT

# # #


आफूलाई प्रधानमन्त्रीमै बसिराख्नुपर्छ भन्ने भनए पनि केही व्यक्तिलाई हतारो भयो भन्दैमा नछोड्ने बताए । तीव्र महत्वकांक्षा, व्यक्तिगत स्वार्थ, देश बनाउने कुनै कुरा नभएका मान्छेका कारण देशलाई संकट परेको दाबी गर्दै उनले भने, ‘कहाँ तानाशाही भएको थियो ? पुनर्निर्माणका काम भएका थिएनन् कि शिक्षा, स्वास्थ्यका क्षेत्रमा, कोरोना नियन्त्रणमा के कुरामा काम भएका थिएनन् ?’

पार्टी एकता गर्दा आधा–आधा समय सरकार चलाउने भने पनि प्रचण्डले बीचैमा पार्टीको कार्यकारी अध्यक्ष चाहियो आधा–आधाको कागज च्यातेको आरोप लगाए ।

अध्यक्ष बन्न चाहनेले महाधिवेशनमार्फत जितेर आऔँ भन्नै आफूले चैत्रमा अधिवेशनको मितिसमेत तोके पनि प्रचण्ड र माधव नेपाल त्यसमा सहमत नभएको बताए । तपाईंहरुलाई थाहै होला, यही चैत्र २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको म्याद तोकिएको थियो ।’ उनले आफू महाधिवेशनमा उठ्दिँन भनेको स्मरण गर्दै उनले भने, ‘यही ३० गतेसम्म माधव नेपाल जसलाई अध्यक्ष हुन मन लागेको थियो, भए भइहाल्थ्यो । तर उहाँहरुलाई यति हतारो भएको कि हाताहाती चाहिएको ।’

आफूसँग महाधिवेशनमा हारो माधव नेपालले बीचैमा जितेको आफूसँग मलाई चाहियो, मलाई चाहियो गरेको बताए । नेकपाको तेस्रो अध्यक्ष हुनुस् भनेर आफूले प्रस्ताव गरे पनि माधव नेपालले अस्वीकार गरेको बताउँदै उनले भने, ‘अरुले कहाँ तेस्रो भइराख्ने तपाईं त ठूलो मान्छे हो भनेर उचाल्दिएपछि उहाँले खान्न भन्नु भयो । पछि त प्रचण्डपछिकै अध्यक्ष भएर सडकमा बस्नुभयो त ?’