काठमाडौँ – जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका ७ का २४ वर्षीय अनिश राई रहेका छन् ।


ADVERTISEMENT

# # #


सोमबार बेलुकी ५ बजेतिर ना ४ च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।


ADVERTISEMENT

#
#


इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । रासस

प्रतिकृया

प्रतिकृया