काठमाडौँ – थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । सोमबार घरेलू मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो ।


ADVERTISEMENT


सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक–एक गोल गरेपछि नेपालले उपाधि उचालेको हो। खेलको पहिलो हाफको १८ औं मिनेटमा सुनिल बलको कर्नरलाई सन्जोगले गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


यस्तै विशालले ४२ औं मिनेटमा रञ्जित धिमाल र संजोगको पासको मदतमा नेपालका लागि दोस्रो गोल गर्दै पहिलो हाफमै बलियो स्थितिमा पुर्‍याएका थिए । यद्दपी दोस्रो हाफमा भने पाहुना टोली बंगलादेश गोल फर्काउन सफल भयो । बंगलादेशका लागि ८३ औं मिनेटमा मेहबुब रहेमानले हेडबाट गोल गर्दै बंगलादेशलाई गोलबिहीन बनाउनबाट रोके ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेशसँगै किर्गिस्तानको ओलम्पिक टिम(यू–२३) सहभागी थियो । नेपालले किर्गिस्तान र बंगलादेशसँग गोरहित बराबरी खेल्दै फनल पुगेको थियो भने बंगलादेशले किर्गिस्तानलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।