काठमाडौँ – काठमाडौँमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको टिकट मूल्य बढाइएको छ ।


ADVERTISEMENT


आज प्रतियोगिताको उपाधीका लागि घरेलू टोली नेपाल र बंगलादेश भिड्दैछन् । फाइनललाई मध्य नजरगर्दै मूल्य बढाइएको आयोजक अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले हिमालय पोष्टलाई जानकरी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता राईका अनुसार भीआईपीतर्फको टिकटमा ५ सय रुपैँया बढाएर २ हजार पुर्‍याइएको छ भने सामान्य तर्फ ३ सय बढाएर १ हजार पुर्‍याइएको छ । यसअघि भीआईपीतर्फ १ हजार ५ सय र र सामान्यतर्फ ७ सय रुपैयाँ रहेको थियो ।

प्रतियोगिताको फाइनल हेर्न आज प्रधानमन्त्री केपी शर्माओली पनि जाने भएका छन् । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ ।