काठमाडौँ – काठमाडौँमा जारी थ्री नेसन्स कप फुटबलको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।


ADVERTISEMENT


उपाधीका लागि फाइनलमा आज घरेलू टोली नेपाल र बंगलादेश भिड्दैछन् । खेल साँझ ५ः३० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


ADVERTISEMENT

# # #


रंगशाला पुगेर प्रधानमन्त्री ओलीले खेल हेर्नुका साथै विजेता टोलीलाई पदक र ट्रफी समेत प्रदान गर्ने अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले हिमालय पोष्टलाई जानकारी दिए ।

जारी प्रतियोगितामा नेपालले किर्गिस्तानको ओलम्पिक टिम (यू-२३) र बंगलादेशको राष्ट्रिय टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको थियो भने बंगलादेशले किर्गिस्तानको टिमलाई १–०ले पराजित गरेको थियो ।