काठमाडौँ– उडानका लागि मौसम उपयुक्त नभएको कारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हाललाई बन्द गरिएको छ ।


ADVERTISEMENT


उडानयोग्य मौसम नभएका कारण तत्कालका लागि उडान सेवा बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


कार्यालयका अनुसार, उडानका लागि कम्तिमा पनि ८ सय किलोमिटर ‘भिजिबिलिटि’ अर्थात्, देखिने हुनुपर्छ । तर, हाल काठमाडौँको मौसम अनुसार, ‘भिजिबिलिटि’ क्षमता आवश्यकताभन्दा कम भएकोले तत्कालका लागि उडान सेवा बन्द गरिएको हो ।

विमानस्थलको सेवा आज दिउँसो ३ बजेबाट बन्द गरिए पनि कहिलेबाट सुचारु गर्ने? भन्ने विषयमा तत्काल केहि भन्न नसकिने कार्यालयले जनाएको छ ।