काठमाडौँ – नेपालमा आगामी अप्रिल १७ देखि हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेदरल्याण्डको टोली घोषणा भएको छ । नेदरल्याण्ड क्रिकेटले १४ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


नेदरल्याण्डको टिममा कप्तान पिटर सिलर, टोवियस विसे, म्याक्स उड, वेन कूपर, वास डि लीड, विक्रमजित सिंह, स्कट इड्वार्डस्, फिलिप बोइसेवेइन, पउल भान मीकेरिन, भिभियन किग्मा, आर्यन दुत्त, सेवास्टियन ब्राट, टोनी स्टाल र जुलियन डी मे रहेका छन् ।


ADVERTISEMENT

# # #


त्रिकोणात्मक सिरिज अप्रिल १७ देखि २४ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । डबल राउन्ड रोबिन फर्म्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित नेदरल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिजका लागि नेदरल्याण्डका मुख्य प्रशिक्षक रायन क्याम्पबेलले खेलाडीहरु तयार रहको र आफू उत्साहित रहेको बताएका छन् ।