इनरुवा– सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा बिहीबार साँझ आगलागी हुँदा रु. २० लाखको क्षति भएको छ । स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT


आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ । स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको प्रनाउ कार्कीले बताए । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् । रासस