इनरुवा– श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस