काठमाडौँ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानले इंगल्याण्ड र वेल्सको आयोजनामा हुने भाइटलिटी ब्लास्ट टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।


ADVERTISEMENT


सन् २००३ देखि आयोजना हुँदै आएको प्रतियोगिताको सिजन २०२१ का लागि सन्दीप वर्सेस्चरसाएर र्‍यापिड्समा आबद्ध भएका छन् । पहिलो पटक काउन्टी क्लबमा छनोट भएपछि सन्दीपले खुसी व्यक्त गरेका छन् । उनले काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा माथि रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले फेसबुकमा भनेका छन्, ‘भाइटलिटी ब्लास्टका लागि वर्सेस्चरसाएर र्‍यापिड्समा आवद्ध हुन पाउँदा निकै नै खुसी छु । सँधै सुनेको छु, यसको संस्कृति, सजावट र अद्भुत दर्शकका कारण काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा माथिको हो ।’

सन्दीपले भविष्यमा नेपाली खेलाडीहरुले काउन्टी क्रिकेट खेल्ने अवसर पाउनेमा आशा व्यक्त गरेका छन् ।

यस्तै वर्सेस्चरसाएरका मुख्य प्रशिक्षक अलेक्स गिडम्यानले खुसी व्यक्त गर्दै सन्दीपको आगमनले टिम सन्तुलित र बलियो बन्ने बताएका छन् । विशेष गरी उनले सन्दीपको लेगस्पिन र अन्य फ्रेन्चाइज प्रतियोगितामा बटुलेको अनुभव टिमका लागि महत्वपूर्ण हुने बर्ताका छन् ।

विश्वका प्राय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अनुभव संगालिसकेका सन्दीप यसअघि इंग्ल्यान्डको १०० बलको प्रतियोगिता ‘द हन्ड्रेस’ क्रिकेट प्रतियोगिताको टिममा आबद्ध भएका थिए। ‘द हन्ड्रेस’का लागि सन्दीप करिब डेढ करोड रुपैयाँमा ओभल इन्भिसिबल्समा आबद्ध छन् ।

Absolutely happy to be the part of Worcestershire County Cricket Club family for Vitality Blast. Always heard that…

Posted by Sandeep Lamichhane on Wednesday, March 24, 2021