दोलखा– बिगु गाउँपालिका–८ स्थित थामीचागुमा मिलीजुली कालिञ्चोक सकोसले सेवा केन्द्र स्थापना गरेको छ ।


ADVERTISEMENT


विदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उद्देश्ले सो सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएको हो ।


ADVERTISEMENT

# # #


जिल्लाको विपन्न बस्तीमा सकोसले स्त्री रोग परीक्षण शिविरसमेत राखेको छ ।

चरिकोट अस्पतालका महिला रोग विशेषज्ञ चिकित्सक चन्दु सापकोटा सहितका टोलीले शिविरमा ६० महिलाको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको छ । बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले सहाकारीले विपन्न नागरिकको स्वास्थ्य सेवाका उदाहरणीय काम गरेको बताए । रासस