काठमाडौँ– कोरोना संक्रमणको दर पुनः बढ्दो क्रमलाई मध्यनजर गर्दै सरकारले देशभर जुलुस, सभा, गोष्ठी, र्‍याली, भेला, जमघट, सेमिनार तथा बैठकमा रोक लगाएको छ ।


ADVERTISEMENT


यस्ता गतिविधिले भिडभाड जम्मा गर्ने र संक्रमण सजिलै फैँलिने भय रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


पछिल्लो पटक विशेषगरी छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको दर बढ्दो रहेको छ । त्यसको प्रभाव नेपालमा पनि स्वतः देखिने भएकोले त्यसतर्फ ध्यानाकार्षण गर्दै मन्त्रालयले सो विज्ञप्ति जारी गरिएको जनाएको छ ।

यस्तै, मन्त्रालयले मास्क लगाउने, सामाजिक/भौतिक दूरी कायम गर्ने, पटक–पटक हात धुने वा सेनिटाईजरको हात धुनेजस्ता जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह समेत  गरेको छ ।