चितवन – बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइ चिकेन) चेनल आगामी शनिवारदेखि नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।


ADVERTISEMENT


काठमाडौँमा ६ र पोखरामा १ गरी पोखराबाहिर एउटा मात्र आउटलेट सञ्चालन गरिरहेको कम्पनीले काठमाडौँबाहिर दोस्रो आउटलेट सञ्चालनमा ल्याउन लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका नेपाल प्रमुख विजय शर्माले भरतपुरस्थित चौधरी ग्रुपको सिजी ल्याण्डमार्क मलभित्रको ठाउँ लिजमा लिएर आउटलेट सञ्चालन गर्न लागेको हो । उनकाअनुसार केएफसीले यसै आर्थिक वर्षमा काठमाडौँ बाहिर मात्रै ८ वटा नयाँ शाखा खोल्दैछ । शर्माकाअनुसार धरान, इटहरी, विराटनगर, बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढीमा कम्पनीले शाखा स्थापना गर्न लागेको हो ।

अमेरिकी लोकप्रिय रेस्टुराँ ब्राण्ड केएफसीले नेपालसहित हालसम्म विश्वभर १४५ देशमा ४५ हजार बढी आउटलेट सञ्चालन गरिरहेको छ ।