काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्नका लागि बनाउने घोषणा गरेको चार्जिङ स्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ ।


ADVERTISEMENT


चार्जिङ स्टेशन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरेको प्राधिकरणमा १३ कम्पनीले आह्वान दिएका थिए, जसमध्ये चिनियाँ कम्पनी जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजीलाई छनोट गरिएको प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणका विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सामरमणि ज्ञवालीले यही साताभित्र उक्त कम्पनीसँग सम्झौता हुने बताए । ज्ञवालीकाअनुसार सम्झौतालगत्तै एक वर्षभित्र चार्जिङ स्टेशन निर्माणका गर्नेगरी चार्जिङ स्टेशनको शिलान्यास हुनेछ ।

चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले ५० करोड लागतको अनुमान गरेकोमा उक्त कम्पनीले ३८ करोडमा नै आयोजना बनाउने गरी प्रस्ताव पेश गरेको थियो ।