काठमाडौँ – राष्ट्रसंघीय दीगो विकास परियोजनाले नेपाल दक्षिण एसियाकै खुसी मुलुक भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई सूचिकृत गरी राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२१ का खुसी देशमा नेपाल ८७ औँ स्थानमा परेको छ, जुन दक्षिण एसियाकै सबैभन्दा शीर्षस्थान हो ।


ADVERTISEMENT

# # #


कूल ग्राहस्थ उत्पादन, स्वतन्त्रता, सामाजिक सहयोग आदिलाई सूचक मानी गरिएको उक्त अध्ययनमा नेपालले ५.२७ नम्बर प्राप्त गरेको छ ।
राष्ट्रसंघको प्रतिवेदनमा पहिलो स्थानमा यस वर्ष सबैभन्दा खुसी मुलुकका रुपमा फिनल्याण्ड र सबैभन्दा पुछारमा अफगानिस्तान रहेको छ ।

तस्वीर : पिन्टरेस्ट