काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको संसदीय बैठक शुरू भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चले पूर्व एमाले र माओवादी केन्द्र पार्टी ब्युताइदिएपछि सरकार र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।


ADVERTISEMENT

# # #


बैठकमा सहभागी हुन उपाध्यक्ष बामदेव गौतम पनि बालुवाटार पुगेका छन् । गौतम बैठकमा सहभागी हुन पुगेको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।

उक्त बैठक माधव नेपाल–झलनाथ खनाल समूहका नेताहरुले भने बहिष्कार गरेका छन् ।