काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठकले एमाले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ । माधव समूहका सांसदहरुको अनुपस्थितिमै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको एमाले नेता तथा प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार वधान संशोधन प्रक्रियालाई अधिघ बढाउन एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा शेर बहादुर तामाङ र राष्ट्रिय सभा सदस्य विमला राई पौडेल रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठकले एमालेको संसदीय बोर्ड समेत गठन गर्ने निर्णय गरेको छ । २४ सदस्यीय एमाले संसदीय बोर्डमा दलको नेता अध्यक्ष रहनेछन् ।

त्यस्तै दलको उपनेता, राष्ट्रियसभा दलको नेता, संघीय संसदको प्रमुख सचेतक र सचेतक, राष्ट्रियसभाका प्रमुख सचेतक बोर्डको पदेन सदस्य हुन्छन् । पूरानो विधानकै आधारमा बोर्ड गठन गरिएको नेता तामाङले बताए ।

एमाले संसदीय दलको अर्को बैठक यही ७ गते बिहान १०ः३० बजे बस्न नेता तामाङले बताए ।