काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीबारे बाहिर आइरहेका हल्लामा सत्ययता नभएको बताउँदै नर्भिकले विज्ञप्ति निकाल्दै जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।


ADVERTISEMENT


नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेको छ । उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल हस्पिटल प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्टले जनाएको छ ।


ADVERTISEMENT

# # #


फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी अस्पतालले जनाएको छ ।