काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे सगै नेपाल आयल निगम मूल्य बढाउनै पर्ने बाध्यतामा रहेको निगमले जानकारी दिएको छ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै एक वर्षको अवधिमा १२.५ प्रतिशतले कच्चा तेलको मूल्य बढेको बताएको हो। राष्ट्र बैंकका अनुसार गत वर्ष माघमा ५५.५४ अमरिकी डलर प्रतिब्यारेल रहेको कच्चा पेट्रोलियमको मूल्य गत माघमा ६२.४७ डलर प्रतिब्यारेल पुगेको छ। एक ब्यारेल बराबर करिब १६० लिटर हुन्छ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि त्यसको असर नेपालमा पनि पर्ने गरेको छ। पछिल्लो समय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै पटक पटक मूल्य बढाउँदै आएको छ। हाल नेपालमा पेट्रोलको मूल्य ११६ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मटीतेलको ९९ रुपैयाँ प्रतिलिटर छ।

राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक वर्षमा १६.२ प्रतिशतले बढेको छ। गत वर्ष माघमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५६३.७० अमेरिकी डलर रहेकोमा गत माघमा १ हजार ८१६.३५ डलर प्रतिऔंस पुगेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।