काठमाडौँ– चिनीयाँ विमान उडाएर आम्दानी गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई पाइलट अभावले गर्दा घाँडो साबित भएका छन् ।


ADVERTISEMENT


निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ । निगमका एक उच्च अधिकारीका अनुसार, वरिष्ठ क्याप्टेनहरु सञ्जयबादे श्रेष्ठ र अनिशमान शाक्यले १७ सिटे चिनीयाँ जहाज ‘वाई१२९ई’ को क्षमता चित्त नबुझेको र अन्तराष्ट्रिय उडान गने ठूला जहाज बडाउने बाटो पनि नखुलेको भन्दै राजीनामा दिएका छन् ।


ADVERTISEMENT

# # #


निगमसँग भएका दुई ‘वाइ १२’ चिनीयाँ जहाज उडाउन एकजना मात्र क्याप्टेन बाँकी छन् उद्धव घिमिरे । एक मात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउने क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ । यो खबर शुशिल भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन्।